सामाखुसी खोलामा बेपत्ता बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो


१८ श्रावण २०८०, बिहीबार
samakhushi

काठमाडौं । काठमाडौंको सामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ । साउन ७ गते बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली खोलामा मृत्त भेटिएका हुन् ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।

उनको शव दक्षिणकाली खोला नजिकै भेटिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी अंगुर जीसीले जानकारी दिए । साजन भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्थे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७