एशियन जुनियर कराँते: एस्तरले जिते नेपालका लागि पहिलो कास्य


३० बैशाख २०७५, आईतवार
astar rai

काठमाडौं,३० बैशाख: एशियन जुनियर करातेमा एस्तर राईले कास्य पदक जितेकी छिन् । जापानको ओकिनावा शहरमा २०१८ मे ११ देखि १३ सम्म भएको १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा यु २१ को ६१ केजी तौल समुहमा पदक जितेको हो ।astar rai

एशियन च्याम्पियनशिपको १७ औँ संस्करण सम्म आइपुग्दा पनि अहिलेसम्म नेपालले कुनै पनि पदक जित्न सकेको थिएन। राईले पहिलो खेल श्रीलंका दोर्स्रो खेल चाइनिज ताईपे र तेर्सो खेलमा पाकिस्थानका खेलाडीलाई ७-० अन्तरले पराजित गरि कास्य पदक जितेको प्रशिक्षक धुब्रबिक्रम मल्लले नयाँपेजलाई जानकारी दिए ।

युथ ओलम्पिकको छनौटका लागि बरियता प्राप्त गर्ने एशियाको एकमात्र च्याम्पियनसिप रहेकोले जापानमा २०२० मा हुने ओलम्पिक गेम्समा देशको प्रतिनिधित्व गर्न सक्ने सम्भावना बनेको छ ।

राई श्रीलंकाको राजधानी कोलम्बोमा ५ अगस्त २०१७ मा भएको चौथो साउथ एशियन साफ कराते च्याम्पियनशीपमा स्वर्ण पदक विजेता खेलाडी पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७