भारत र पाकिस्तानमा भूकम्पको धक्का


०३:११ बजे

काठमाडौँ । शनिबार राति दिल्ली–एनसीआरलगायत भारतका धेरै राज्यमा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्रमा थियो ।

भूकम्पको केन्द्रबिन्दु जमिनबाट १८१ किलोमिटर तल रहेको बताइएको छ । भारतको जम्मु कश्मीर, पञ्जाब र हिमाचलमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचारमा जनाइएको छ । पाकिस्तानका धेरै सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७