महिला-पुरुष दुबै जीवन बाँचिरहेका छन् यी मोडल


३१ बैशाख २०७५, सोमबार
model

काठमाडौं, ३१ बैसाख । एउटै मान्छे महिला–पुरुष दुबै भएर बाँच्न कतिको सम्भव होला ? तपाईलाई लाग्न सक्छ यो असम्भव कुरा हो । तर, यो दुनियाँमा असम्भव कुराहरु पनि भइरहेको छ । तपाईले एउटै मान्छे महिला–पुरुष भएर बाँच्न नसकिने सोचिरहेका बेला एक मोडल आज आधा महिला र आधा पुरुष बनेर जीवन बाँचिरहेका छन् ।

model
तस्विर : एजेन्सी

पुरुषको पहिचान बोकेर जन्मिए पनि ३० वर्षका एलेक्सजेन्डर बीचले एक समयमा आएर महिला बन्ने निर्णय गरे । उनले आफ्नो शरीरलाई यसरी परिवर्तन गराए जोकसैका लागि पनि त्यो कुनै पुरुषको शरीर हो भन्ने विश्वास गर्न गाह्राे हुन्थ्यो । लस एन्जलसका एलेक्सजेन्डरले महिला बन्नका लागि धेरै प्रयास गरे । उनले शारीरिक अभ्यास डाइटिङ गरेर शरीरको तौल घटाए । महिलाको लुक्स पाउनका लागि महंगो ट्रिटमेन्ट गराए, शरीरका सम्पूर्ण रौंहरु निकाल्नका लागि लेजर ट्रिटमेन्ट गरे र शरीरमा टेस्टोस्टेरोनको मात्रा सन्तुलन राख्नका लागि दश हजार डलरसम्म खर्च गरे । यो सम्पूर्ण लिङ्ग परिवर्तनको प्रक्रियामा उनले लगभग तीन वर्ष लगानी गरे ।

जब एलेक्सजेन्डर लिङ्ग परिवर्तनको प्रक्रिया पुरा हुने घडीमा पुगेका थिए तब उनको जीवनमा एउटा यस्तो अवसर आयो जसकारण उनले आफ्नो जीवनको नयाँ मोडलाई परिवर्तन गर्नु पर्ने भयो । पछिल्लो वर्ष एलेक्सजेन्डरलाई हलिउडको अन्डरग्राउन्ड थिएटर नामको नाटकमा अभिनय गर्ने अवसर र्जुयो तर उनलाई उक्त नाटकमा तेस्रो लिङ्गी महिलाको सट्टा पुरुषको भूमिका मिल्यो ।

उक्त नाटकमा दैनिक पुरुषको अभिनय गर्नु परेपछि उनलाई आफु वास्तविक जीवनमा महिलाको भूमिकामा रहन नसक्ने लाग्यो । यससँगै एलेक्सजेन्डरले महिला बन्ने इच्छालाई त्यही त्यागे । उनी आफ्नो पुरानो स्वरुपमा फर्कन चाहान्थे । तर हार्मोन कन्ट्रोल ट्रिटमेन्टको कारणले उनको छातीको आकार बढेको थियो ।

एलेक्सजेन्डर भन्छन्, ‘म अहिले पुरुषको रुपमा बाँचिरहेको छु । म तीन वर्षसम्म एरियाको रुपमा बाँचे । एरिया र एलेक्स दुई फरक जीवन हुन् । म कसैको कृपामा बाँचेको छैन । मानिसहरु म नक्कली भएको सोच्छन् तर म एक पुरुषको शरीर भित्रको महिला हुँ ।’ आफ्नो पुरानो पहिचानमा फिर्ता आइरहेका एलेक्सको स्तनमाथि मानिसहरु नकरात्मक टिप्पणी गर्छन् तर उनी पुरुष समान छातीको आकार घटाउन पुरा प्रयासरत छन् । यसका लागि उनी पुश अप र कार्डियो गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७