मकवानपुरमा पहिरोले घर पुर्दा एकको मृत्यु, ६ जना बेपत्ता


२३ श्रावण २०८०, मंगलवार
pahiro sanket
फाइल फोटो

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । अरु ६ जनाको खोजी कार्य जारी छ । लगातारको बर्षाका कारण गएको पहिरोले घर पुरिएको हो । खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङका अनुसार खानिखोला–५ घर भई बागमती गाउँपालिका गएका एकै परिवारका सात जना सिक्रे पहिरोले पुरिएका हुन् ।

पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनकी श्रीमती शान्तिमाया स्याङतान, छोरी–ज्वाई शिला स्याङतान र जीवन पहरी छन् । साथै उनीहरुका दुई सन्तान साढे दुई बर्षीय छोरा र साढे एक वर्षका छोरा पुरिएका छन् । पुरिएकामध्ये कसको मृत्यु भएको भन्ने खुलिसकेको छैन ।

अविरल वर्षातका कारण खानिखोला–५ मा रहेको दोश्रो लघु जलविद्युत्तको पावर हाउस पुरिएको छ भने भवन पनि जोखिममा रहेको छ । अरनिको राजमार्गको बनेपास्थित पुलबजार डुबानमा परेको छ । बनेपाकै १४ पेरुङ्गे सामुदायिक वन सँगै एउटा घर जोखिममा परेको प्रहरीले बताएको छ । उद्धारका लागि नेपाली सेना कालीजंग गण र प्रहरीको टोली घटनास्थल पुगेको छ । जिल्ला स्थित विपद ब्यवस्थापन समितिले नागरिकहरुलाई सुरक्षित रहन र विपद परेमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको सूचना सार्वजनिक गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मातहतका सबै सुरक्षा निकाय तथा कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत नागरिकहरुको खोज, उद्धारमा लाग्ने गरी तयारीमा रहन अनुरोध गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७