बाढीले बीपी राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र


०७:०० बजे

काठमाडौं । पूर्वी नेपालर्तफ जाने बीपी राजमार्ग बाढीका कारण अवरुद्ध भएको छ । लगातारको वर्षापछि राजमार्गका विभिन्न ठाउँमा बाढी र पहिरो झरेको छ ।

राजमार्गअन्तर्गतका कयौँ खहरेमा उर्लिएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध बनेको हो । काभ्रेको रोशी गाउँपालिका–११, कालढुङमा खहरेको बाढीले सडकको केही भाग नै बगाएर लगेको छ । त्यसका कारण सयौँ गाडी र हजारौँ यात्रु चार घण्टादेखि अलपत्र अवस्थामा छन् ।

बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डअन्तर्गत काभ्रेको मंगलटारमा लेदोसहितको पहिरो झरेर यातायात अवरुद्ध भएको छ । उता सिन्धुलीको दुम्जामा माथिबाट लेदो खसेर राजमार्ग अवरुद्ध भएको छ । अर्कातिर मात्ती र भ्याकुरे खोलामा बाढी आएर सवारी आवतजावत पनि बन्द भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७