विपद व्यवस्थापनका पूर्व तयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


२३ श्रावण २०८०, मंगलवार
prachanda scaled
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्षा याममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्व सतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्व तयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

आज बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण ढङ्गले सक्रिय हुन पनि निर्देशन दिएका छन् ।

वर्षाका कारण आएको बाढीपहिरोले मुलुकका विभिन्न ठाउँमा जनधनको क्षति पुर्‍याएको छ । काठमाडौँ उपत्यकामा समेत बाढी र डुबानको समस्या देखिएको छ । अन्य धेरै जिल्लामा सर्वसाधारण प्रभावित भएका छन् भने सडक पहिराले अवरुद्ध बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७