संसदमा रवि लामिछानेले भने, ‘हामी प्रमुख प्रतिपक्षी भयौँ, खुशी छौं’


०७:११ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिमा आफ्नो दललाई ठाउँ नभएको भए आफूहरू प्रमुख प्रतिपक्षी दल बनेको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले संसदीय समितिमा प्रमुख तीन दलबीच भागवण्डा मिलेको हो भने आफूहरू प्रमुख प्रतिपक्षी दल बनेको बताएका हुन् ।

‘समाचारमा आए अनुसार प्रमुख तीन दलबीच संसदीय समितिको भागवण्डा भइसकेछ । भागवण्डा मिलेरै बैठक सुरु भएको होला । यदि त्यसो हो भने हामी प्रमुख प्रतिपक्षी भएका छौँ । हामी खुशी छौं’ उनले भने, ‘हामीलाई कुनै पनि संसदीय समितिमा ठाउँ छैन ।’ सभापति रवि लामिछानेले संसद् तोकिएकै समयमा सुरु हुनुपर्ने बताएका छन् । उनले चाहिने नेता र सभामुख बसेर पहिल्यै मिलाउन आग्रह गरे । ‘सदन चल्ने समयभन्दा अगाडि चाहे रात परोस्, चाहे बिहान होस् । देखिएका आवश्यक पर्ने दलका नेता अगाडि नै बैठक बसेर सम्मानित सभामुखमार्फत आएको समयमा किन सदन चल्दैन ?’, उनको प्रश्न छ ।

उनले तीन जना नेता बसेर सदन बस्नु अघि नै किन बार्गेनिङ नगरेको भन्दै प्रश्न पनि गरे । ‘तीन जना नेता मिलेर सल्लाह गर्नुपर्ने भए संसद्को समय कहिले सुरु हुन्छ भनेर सूचना जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा मिल्ने, मिलाउनु पर्ने कुरा मिलाउने पहिल्यै किन गर्न सक्दैनौँ ?’,” उनले भने, ‘हाम्रो आरोपअनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन् । सदन चल्ने बेलामा नै किन गरिन्छ ?’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७