तीन दलले सबै सांसदको अधिकार छिन्ने काम गर्‍यो : मेटमणि चौधरी


०६:५४ बजे

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रमुख तीन दलका शीर्ष नेताहरूले सबै सांसदको अधिकार छिन्ने काम गरेको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक चौधरीले आफूसँग जोडिएका व्यक्तिगत स्वार्थका कारण सबै सांसदको हक अधिकार छिन्ने गरी प्रमुख तीन दलका शीर्ष नेताहरूले संसदलाई बन्धक बनाउने काम गरेको बताएका हुन् ।

‘आफूसँग जोडिएका व्यक्तिगत स्वार्थका कारण सबै सांसदका हक अधिकार छिन्ने गरी प्रमुख तीन दलका शीर्ष नेताहरूले संसदलाई बन्धक बनाउने काम गरेका छन् । यसले जनताका समस्या सम्बोधन गर्ने कुरालाई ओझेलमा पारेको छ,’ उनले भने ।

उनले सुन तस्करी प्रकरणलाई लिएर संसद बन्धक बनाउन नपाइने बताए । ‘सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ । सुनकाण्डमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने हो सांसदहरूको चासो त्यही हो,’ उनले भने, ‘सुनको विषय मात्रै होइन, नक्कली शरणार्थी प्रकरण, ललितानिवास प्रकरणलगायतमा शीर्ष नेताहरूको नाम मुछिएको छ । यी विषयलाई पनि छानबिनको दायरामा ल्याउनु पर्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७