उच्चस्तरीय समिति गठन गर्दा प्रधानमन्त्री समेतले राजीनामा दिनुपर्ने स्थिति आउँछ : गौतम


०८:१० बजे

काठमाडौँ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्दा प्रधानमन्त्रीदेखि अर्थ र गृहमन्त्रीसम्मले राजीनामा दिनुपर्ने स्थिति आउने बताएका छन् ।

आज (बुधबार) राष्ट्रियसभा बैठकमा बोल्दै उनले एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्दा यो प्रकारण प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसम्म पुग्ने र उनीहरुमाथि पनि छानबिन हुन सक्ने भएकाले उनीहरुले राजीनामा दिनुपर्ने अवस्था आउने बताएका हुन् ।

‘एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समितिको बनाउने बित्तिकै कार्यादेश हुन्छ, कार्यक्षेत्र हुन्छ, कहाँसम्म प्रवेश गर्ने भन्ने हुन्छ । त्यो प्रधानमन्त्रीसम्म प्रवेश गर्छ, अर्थमन्त्रीसम्म पनि प्रवेश गर्छ, गृहमन्त्रीसम्म पनि प्रवेश गर्ने त्यसले अधिकार माग्दछ’, उनले भने, ‘हाम्रोमा निलम्बन गर्ने व्यवस्था त छैन। प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने हुन्छ, राजीनामा गरेपछि अर्को प्रधानमन्त्री निर्वाचित गर्ने प्रक्रिया सुरु हुन्छ, जसले यो छानबिन ओझेलमा पारिदिन्छ ।’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन प्रकरणको छानबिनका लागि नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७