उपराष्ट्रपति यादवको पहिलो विदेश भ्रमण चीन : मन्त्रिपरिषदबाट स्वीकृत


०७:०२ बजे

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको हो ।

‘चीनको कुनमिङ शहरमा २०८० साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७ औं चाइना–साउथ एसिया एक्स्पो र २७ औं चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन राष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

एक्स्पोमा सहभागी हुन उपराष्ट्रपति यादवको टोली साउन २९ गते त्यसतर्फ प्रस्थान गर्नेछ । उपराष्ट्रपति भएपछि यादवले गर्न लागेको यो पहिलो विदेश भ्रमण हो । उपराष्ट्रपतिको चीन भ्रमणमा केही उच्च सरकारी अधिकारीहरू सहभागी हुने छन् । उपराष्ट्रपतिको भदौ ५ गते चीन भ्रमणबाट फर्कने कार्यक्रम छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७