रोनाल्डोको गोलमा अल–नासर फाइनलमा : उपाधिका लागि अल–हिलालसँग भिडन्त


२०८० श्रावण २५ बिहीबार ०७:३० बजे

काठमाडौं । साउदी अरेबियन क्लब अल–नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि नासरले इराकी च्याम्पियन अल–शोर्टालाई पराजित गरेको हो ।

साउदी अरेबियाको प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा ७५औँ मिनेटमा पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरे । सादियो मानेलाई फैसल जसिम नाफिल अल मानाले फउल गरेपछि नासरले पेनाल्टी पाएको थियो ।

नासरले अब उपाधिका लागि साउदी प्रतिद्वन्द्वी अल–हिलालसँग प्रतिस्पर्धा गर्नेछ । उपाधि भिडन्त शनिबार राति ११ः४५ बजे किङ फाद स्डेडियम साउदी अरेबियामा हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७