पाकिस्तानको संसद रातारात भंग


२०८० श्रावण २५ बिहीबार ०७:३४ बजे

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सिफारिसमा राष्ट्रियसभा भंग गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ५८–१ बमोजिम यस्तो निर्णय लिएका हुन् ।

राष्ट्रियसभा विघटनसँगै मन्त्रिपरिषद् पनि विघटन भएको छ तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री शहबाज सरिफ पदमा रहने छन् ।

संसद् विघटनपछि तीन दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन हुने छ । राष्ट्रियसभामा विपक्षी दलका नेता राजा रियाजले नाम छनोट गर्न आज प्रधानमन्त्री शाहबाज सरिफसँग भेट गर्ने बताइएको छ ।

उनीहरूले नाममा सहमति जुटाउने प्रयास गर्ने बताएका छन् । उनले कार्यवाहक प्रधानमन्त्रीको नाम सबैले स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् । पाकिस्तानी संसदको कार्यकाल अगस्ट १२ मा सकिँदै थियो तर तीन दिनअघि नै संसद भंग गर्ने निर्णय गरिएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७