बाइडेनलाई फेसबुकमार्फत धम्की दिने व्यक्ति एफबीआईको गोलीले मारिए


२०८० श्रावण २५ बिहीबार ०८:०२ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सामाजिक सञ्जालमार्फत धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ ।

बाइडेनको उटाह राज्यको भ्रमण हुनु केही घण्टाअघि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नाम गरेका ती व्यक्तिलाई उटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।

ती व्यक्तिलाई गिरफ्तार गर्ने क्रममा गोली चलाइएको भनिए पनि यसबारे थप विवरणहरू सार्वजनिक नभएका बीबीसीले जनाएको छ । रोबर्टसनले राष्ट्रपति बाइडेनलाई लगातार धम्की दिइरहेका आरोप छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७