नयाँ बानेश्वरमा ट्याक्सी तेर्स्याएर चालकहरुको प्रदर्शन


२०८० श्रावण २५ बिहीबार ०७:५६ बजे

काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि ट्याक्सी चालकले प्रदर्शन गरेका छन् । विभिन्न माग राख्दै सडकमा ट्याक्सी तेस्याएर उनीहरूले प्रदर्शन गरेका हुन् ।

निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, काठमाडौँ उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन तथा साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने लगायतका नौ बुँदे माग राखेर आन्दोलन गरेका हुन् ।

निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति आफूहरूको असन्तुष्टि रहेको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलीपकुमार श्रेष्ठले बताए । उक्त कार्य यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरीत भएको श्रेष्ठको भनाइ छ ।

यस्तै, अंग्रेजीमा लेखिएको इम्बोस्ड नम्बर खारेज गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको जीपीएस नम्बर कायम गर्नुपर्ने, ट्याक्सी मिटर सिल चुँडिँदा गाडी साहु र चालक जेल जानुपर्ने कानून खारेज गर्नुपर्ने जस्ता माग चालकहरुको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७