शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा थप दुई डाक्टर पक्राउ


२५ श्रावण २०८०, बिहीबार
cib

काठमाडौँ । शैक्षिक प्रमाण पत्रमा कीर्तेको आरोपमा थप दुई डाक्टर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिवि शिक्षण अस्पतालका डा. अमृत चौधरी र महोत्तरीका डा. रञ्जितकुमार यादवलाई पक्राउ गरेको हो ।

रञ्जित हाल कुन अस्पतालमा कार्यरत छन् भन्ने खुल्न बाँकी रहेको सीआईबीका एसपी नवराज अधिकारीले बताएका छन् । सीआईबीले अहिले पनि नक्कली डाक्टरमाथि अप्रेसन चलाइरहेको छ । शुक्रबार यस विषयमा पत्रकार सम्मेलन नै गरेर उनीहरुलाई सार्वजनिक गर्ने सीआईबीको तयारी छ ।

नेपाली कांग्रेसका सांसद समेत रहेका डा सुनिलकुमार शर्मा पक्राउ परेका छन् । उनलाई पनि नक्कली शैक्षिक प्रमाण पत्रकै आरोपमा पक्राउ गरेको हो । अझै अपरेशन जारी रहेको र थप पक्राउ पर्ने सीआईबी स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७