अख्तियार प्रमुख राई र अमेरिकी राज्य विभागका विश्वव्यापी भ्रष्टाचारविरोधी संयोजकबीच भेटवार्ता


२०८० श्रावण २५ बिहीबार ०७:०२ बजे

काठमाडौं : अख्तियर दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र अमेरिकी राज्य विभागका विश्वव्यापी भ्रष्टाचारविरोधी संयोजक रिचर्ड नेफिउबीच भेटवार्ता भएको छ।

आयोगको कार्यालय टंगालमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। नेफिउ बिहीबार नै काठमाडौं आएका हुन्।

भेटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अभियानमा अमेरिका र नेपालबीच हुन सक्ने सहयोग, समन्वय र सहकार्य तथा भ्रष्टाचारसम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदानप्रदानका विषयमा छलफल भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उक्त अवसरमा प्रमुख आयुक्त राईले आयोगको बारेमा नेफिउलाई संक्षिप्त जानकारी गराएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७