‘गाउँ आएको बाटो’ ‘टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल’का लागि छनोट


२५ श्रावण २०८०, बिहीबार
Daya Hang Rai

काठमाडौँ : नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ ४८ औं ‘टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल–२०२३’ को ‘सेन्टर पिस’ सेक्सनमा छनोट भएको छ ।

सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने टोरोन्टो अन्तराष्ट्रिय चलचित्र महोत्सवको लागि छनोट भएको ‘गाउँ आएको बाटो’ निर्माण समूहले विज्ञप्ति मार्फत जानकारी दिएको हो । यसअघि दीपक रौनियारको ’सेतो सूर्य’ र लघु फिल्मतर्फ राजन कठेतको ’बियर ट्रिज इन्द दि मिस्ट’ले फेस्टिभलमा उपस्थिति जनाएको थियो।

विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली चलचित्र छनोट हुनुले नेपाली चलचित्र उद्योगमा सकरात्मक असर पर्ने विश्वास ‘गाउँ आएको बाटो’ समूहले जनाएको छ । राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यस चलचित्रमा गाउँमा सडक आएपछि बाबु छोराको सम्बन्धमा आउने उतार चढावको कथा छ । यो चलचित्र सामुदायिक लगानीको अवधारणमा बनेको हो ।

A Road to A village

महेश राई र निर्देशक सुब्बाको लेखनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई ,केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ ।

फिल्ममा किशोर आचार्यको ध्वनी, राज थापाको प्रडक्सन डिजाइन, जगदीश अधिकारी र सुजना श्रीसको कला, रजत राईको प्रप्स र सिकुमा राईको कस्टयुम डिजाइन छ ।

मिङसो लिम्बु लाइन प्रोड्युसर रहेको यस चलचित्रको कार्यकारी निर्माता सन्जु राई, नरहाङ राई, भिम राई र देवराज राई हुन् । आमोद राई र नवीन सुब्बा निर्माता रहेको फिल्म छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७