पविता राईले जितिन् पहिलो मिसेस हङकङ नेपालको ताज


३१ बैशाख २०७५, सोमबार
misses hongkong nepal

हडकङ, ३१ बैशाख । पविता राईले पहिलो मिसेस हङकङ नेपाल २०१८ को ताज जितेकी छिन् । युनलोङ निवासी राईले आइतबार साँझ याउ मा तेइस्थित कम्युनिटी हलमा सम्पन्न ग्रान्ड फिनालेमा ११ प्रतिद्वन्द्वीलाई पछि पार्दै ताज जितेकी हुन् । ताजसँगै उनले ७ हजार हङकङ डलर हात पारे ।misses hongkong nepal

फिनालीमा उनलाई सोधिएको ‘तपाईंको जीवनको सबैभन्दा खुसीको पल कुन हो?’ भन्ने प्रश्नको उत्तर दिँदै उत्कृष्ट ठहरिएकी हुन् । उनले उत्तरमा ‘आमा बन्दाको क्षण सबैभन्दा खुसीको क्षण हो र यसलाई जोसुकैले प्राप्त गर्न सक्दैन’ भन्ने दिएकी थिइन् । उनी नेपालमा खोटाङकी हुन् ।

यसैगरी प्रतियोगितामा तेह्रथुमकी सावित्रा इङ्नाम फस्र्ट रनअप भइन् । उनले ५ हजार हङकङ डलर हात पारिन् । जोर्डन निवासी धरानकी अनिता तामाङले सेकेन्ड रनर अप भइन् । उनले ३ हजार हङकङ डलर हात पारिन् ।
विजेताले मिस नेपालसँग सहकार्य गरेर नेपालमा सामाजिक परोपकारी कार्य समेत गर्ने गराउने कुरा आयोजककी अध्यक्ष टीका गुरुङले बताइन् ।

अडिसनबाट १२ जना प्रतियोगीहरु प्रतियोगिताको लागि छनौट भएकी थिइन् । छनौटहुने हरुमा करुणा प्रधान, शान्ति खत्री, मन्जु थापा, सरस्वती चाम्लिङ्, पबिता राई, अनिता तामाङ, डोल्मा रिन्जि, खिना गुरुङ, अनिता राई, करुणा प्रधान,नानु गुरुङ थिइन् ।

प्रतियोगिताका हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, मिस हङकङ नेपालका अध्यक्ष लोकराज लिम्बु, मिस हङकङ नेपाल २००० फर्स्ट रनरअप कविता गुरुङ, मिस हङकङ २००६ मिस ट्यालेण्ट बसन्ती पुन(केलि), मिस हङकङ नेपाल सचिव मनिष लिम्बु निर्णायक मण्डलमा रहेका थिए ।

प्रतियोगीहरुलाई हङकङका विनोद बस्नेत र मिस नेपाल २००५ सुगारिका केसीले प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७