अमेरिकाको हवाईमा भीषण डढेलो : ज्यान गुमाउनेको संख्या ५३ पुग्यो


२६ श्रावण २०८०, शुक्रबार
fire usa

काठमाडौं । अमेरिकास्थित हवाईको माउइ टापुमा भीषण आँधीबेहरीका कारण लागेको डढेलोमा परी मृत्यु हुनेहरूको संख्या ५३ पुगेको छ । थप १७ जनाको मृत्यु भएसँगै यो विनाशकारी डढेलोमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।

अग्नी नियन्त्रकहरूले आगो निभाउनका लागि भरमग्दुर प्रयास गरिरहेका छन् । आँधीका कारण पर्यटकीयस्थल लाहैनाका केही भागहरू ध्वस्त भएका छन् । डढेलो अझै दन्किरहेको र उद्धार टोलीले प्रभावित स्थानको लेखाजोखा गरिरहेकाले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाईमा लागेको डढेलो नियन्त्रणका लागि ‘उपलब्ध सबै सङ्घीय साधन स्रोत’ लाई सहयोगको लागि प्रयोग गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७