नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा हालसम्म पाँच चिकित्सक र सांसद शर्मा पक्राउ


२६ श्रावण २०८०, शुक्रबार
Sunil Sharma CIB Final

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा इशान अस्पताल धापासीका चिकित्सक श्रद्धा सिल्पकार पक्राउ परेकी छन् । सिल्पकारसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

(सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डा. शिल्पकार इसान बाल अस्पतालमा कार्यरत थिइन् ।
यसअघि सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाई पक्राउ गरिसकेको छ । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मा समेत गर्दा नक्कली शैक्षिक प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७