नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई डाक्टर पक्राउ, समातिनेको संख्या सात पुग्यो


२६ श्रावण २०८०, शुक्रबार
CIB16365294501688375376

काठमाडौं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ ।

बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो । योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । सो प्रकरणमा बिहीबार ‘चिकित्सक’ हरू रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी तथा नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मा पक्राउ परेका हुन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध सीआईबीले ‘फोक्सट्रो चार्ली’ अपरेसन अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७