नक्कली शैक्षिक प्रमाणपत्र : सुमेरु सिटीका डा. थापा पक्राउ, समातिनेको संख्या आठ पुग्यो


२६ श्रावण २०८०, शुक्रबार
266 Shares
CIB16365294501688375376

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सुमेरु सिटी अस्पतालमा कार्यरत एक जना चिकित्सक पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार बिहान काठमाडौंको गोठाटारबाट सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

एसपी अधिकारीका अनुसार डा. पुनमलाई निवासबाटै पक्राउ गरिएको हो । योसँगै नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा कांग्रेस सांसद डा. सुनिल शर्मालाई सीआईबीको टोलीले बिहीबार दिउँसो गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।

सीआईबीको टोलीले सोही प्रकरणमा डा. एलिना साह, डा. श्रद्धा शिल्पकार, डा. रामबाबु यादव, डा. अमित चौधरी, डा. रञ्जित यादव र डा. मनित चौधरीलाई पनि पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७