आरजुको आक्रोश : सरकार पाकिस्तानी मोडेलमा गयो, कांग्रेसलाई छानीछानी दुःख दिइयो


२६ श्रावण २०८०, शुक्रबार
Arju Rana Deuba0
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलापहरु विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने ‘पाकिस्तानी मोडल’ मा गएको आरोप लगाएकी छन् ।

कांग्रेस संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा डा. देउवाले कांग्रेसका नेताहरुलाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने कार्यहरु भइरहेकोमा आफूलाई दुःख लागेको बताएकी छन् । आक्रोशपूर्ण रुपमा राणाले भनिन्, ‘यस्तो मैले भारत–पाकिस्तानमा मात्र देख्थें । एउटाले सरकारको लिड गर्छ, अर्कोको स्क्याण्डल खोजीखोजी जेल पठाउँछ । अर्को आएपछि फेरि विपक्षीलाई त्यसै गर्छ । नेपालमा पनि त्यस्तै देखिन थाल्यो । आज कांग्रेसलाई छानीछानी आरोपित गरिँदा मलाई दुःख लागेको छ ।’

उनले आफू कांग्रेस सभापति र पूर्व प्रधानमन्त्रीको पत्नी मात्र नभएर सांसद समेत भएको व्यक्तिको नक्कली अडियो खडा गरेर आरोपित गरिएको भन्दै सामान्य मान्छेमाथि अत्याचार भइरहेको टिप्पणी गरिन् । उनले यस विषयमा गम्भीर भएर सोच्ने बेला आएको समेत बैठकमा बताएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७