एकैपल्ट सशस्त्रका तीन हजार ८७१ जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)


२७ श्रावण २०८०, शनिबार
apf office

काठमाडौँ । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा सशस्त्र प्रहरी सहायक हवल्दारका लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको निर्णयबाट एकैपल्ट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सहायक हवल्दार पदका लागि ३,८७१ जनाको सिफारिस गरेको हो ।

सशस्त्रका अनुसार सिफारिस भएका ३,८७१ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेको छ । यस पटकको बढुवा सम्भवतः एपीएफकै इतिहासमा एकै पटक सबैभन्दा बढुवा भएको हो ।

हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७