जनमत पार्टी सरकारमा सहभागी हुँदै, अनितादेवी मन्त्री बन्ने


२०८० श्रावण २७ शनिबार ११:२२ बजे

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रबाट सरकारमा गएकामध्ये एक जनालाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउन लागिएको हो । माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले मन्त्री थप्ने विषय टुंगिन बाँकी रहेको बताए । ‘उहाँहरूले पहिला नै दिएको नाम हो, टुंगिसकेको छैन’, उनले भने, ‘विषय टुंगिए पनि मात्रै मन्त्री फिर्ता बोलाउने र थप्ने कुरा हुन्छ ।’

जनमत पार्टीका सांसद अब्दुल खानले भने भोलिसम्म सरकारमा सहभागी हुने जानकारी दिए । ‘हामीले यही मन्त्रालय चाहियो भनेका छैनौँ, उनले भने, ‘प्रधानमन्त्रीले जुन मन्त्रालय खाली गराउन सक्नुहुन्छ त्यसैमा जाने कुरा छ ।’ यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका खानले रोजेको उद्योग मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७