नेपाली युवाले पाएको दुःख र झमेलाको कथा बोकेको लघु चलचित्र ‘लिलामी’


२७ श्रावण २०८०, शनिबार
lilami F9k77Cuo9F

काठमाडौँ । नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेइनमेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिए ।

लघु चलचित्रको निर्देशन पत्रकार रामजी ज्ञवालीले गरेका हुन् । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक भण्डारीले अन्य लघु चलचित्रमा गीत तथा कथा लेखेका छन् । पवन बस्यालको कथा लेखन रहेको चलचित्रमा महेश खड्का, सविना राउत, दीपक ढकाल, नारायण कँडेल, राजेश भट्टराई, सुदिन श्रेष्ठ, शिबु पाण्डेलगायतले अभिनय गरेका छन् ।

नेपालभित्र जे काम गर्दा पनि सहयोग र प्रोत्साहन नपाएपछि युवाहरु विदेशिन बाध्य भएको विषयवस्तु चलचित्रमा उतारिएको छ । लिलामीको व्यवस्थापकको जिम्मेवारी युवराज घिमिरेले र सम्पादनको जिम्मेवारी नहकुल खड्काले निर्वाह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७