कांग्रेसले भन्यो–सरकार ढाल्ने र फेर्ने छलफल भएको छैन


२८ श्रावण २०८०, आईतवार
Ramesh lekhak2023 06 18 04 08 09
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले जारी संसदीय समितिको बैठकमा सरकार परिवर्तनको विषय नआएको स्पष्ट पारेको छ । शुक्रबार र आइतबार बसेको दुई दिनको बैठकमा धेरै विषय उठेको र महत्वपूर्ण विषयहरुलाई सोमबार पारित गरिने प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।

‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन’, उनले भने, ‘भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ। तर तिनमा सरकार फेरबदलको विषय पर्दैन ।’

‘सरकार बदल्ने, ढाल्ने, अर्को बनाउने कुरा भएको छैन,’ आइतबारको बैठकपछि लेखकले भने । हालसम्म ५० जना सांसदले धारणा राखेका छन् । बाँकीले भोलि बिहान ११ बजे बस्ने बैठकमा बोल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७