कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै, सुन प्रकरणबारे के गर्ला निर्णय ?


२९ श्रावण २०८०, सोमबार
7 Shares
congress 2

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (सोमबार) पनि बस्दैछ । गत शुक्रबारदेखि जारी संसदीय दलको बैठक आज पनि बैठक बस्न लागेको हो । आजको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेका लागि बोलाइएको छ ।

जनजीविकाका विषय, सांसद सुनिल शर्मा प्रकाउ र सुन तस्करी प्रकरणबारे छलफल केन्द्रित छ । सुन तस्करी प्ररकणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने बिषयमा छलफल भइरहेको छ । आइतबारसम्म ५४ सांसदहरुले आआफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले धारणा राख्ने छन् ।

कांग्रेसमा प्रतिनिधि र राष्ट्रियसभा गरी ९७ जना छन् । सुन प्रकरणमा अधिकांश सांसदले उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने आवाज उठाएका छन् । धेरै सांसदहरुले सत्ता सहयात्री नेकपा माओवादी केन्द्रले सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्न नमाने समर्थन फिर्ता लिनु पर्ने समेत धारणा राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७