सुन तस्करसँग सम्पर्क रहेको स्वीकार्दै मिडियालाई न्यायालय नबन्न महरा पुत्र राहुलको आग्रह


२९ श्रावण २०८०, सोमबार
994 Shares
rahul

काठमाडौं । सुन तस्करी प्रकरणमा नाम जोडिएका सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराले आफूहरूको सुन तस्करसँग सम्पर्क रहेको स्वीकारेका छन् । आज (सोमबार) सामाजिक सञ्जालमा लेख्दै आफूहरू राज्यले गरिरहको अनुसन्धानलाई सघाउन तयार रहेको बताएका छन् ।

यद्यपि, झुटा आरोप लगाएर जबरजस्ती आरोप पुष्टि गराउन खोज्ने कार्य भइरहेको भन्दै उनले भर्त्सना ना गरेका छन् । पछिल्लो समय मिडियाले आफ्नो राजनीति सक्न लागेको भन्दै उनले आपत्ति जनाएका छन् । ‘पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं ।’

उनले भनेका छन्, ‘सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७