स्मृतिमा रहेका सबै काण्डहरुको फाइल खोलौं : गगन थापा

‘सुन तस्करी प्रकरणमा महरा र उनका छोरामाथि छानबिन हुनुपर्छ’


२९ श्रावण २०८०, सोमबार
gagan
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले स्मृतिमा भएका सबै ठूला भ्रष्टाचार र अनियमितता काण्डहरुको फाइल खोलिनु पर्ने बताएका छन् ।

आज (सोमबार) को कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री थापाले सुन तस्करी प्रकरणमा नाम मुछिएका सबैमाथि छानबिन हुनुपर्ने बताए । उनले सुन तस्करी प्रकरणमा राजनीतिक नेतृत्वकै संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । ‘यो तस्करी सानो मान्छेले गर्न सक्ने कुरा होइन । सीआईबीले सत्यतथ्य छानबिन गरेर बाहिर ल्याउनु पर्छ । माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको संलग्नता भएको कुरा निरन्तर आइरहेको छ । सीआईबीले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको अवस्थामा छानबिन गर्ने आँट समेत गरेको छैन,’ थापाले भने ।

महामन्त्री थापाले पार्टी बैठकमा प्रष्ट पारेर मात्र नहुने बताएका छन् । ‘पार्टीको बैठकले भनेअनुसार कसैले प्रष्ट पारेर हुँदैन । नाम जोडिएपछि छानबिन गरेर टुंगो लगाउनु पर्छ । तुरुन्त छानबिन होस् । क्लियर गर्नुपर्छ । संलग्नता प्रधानमन्त्रीको पार्टीको होस् वा हाम्रो जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनै पर्छ,’ थापाले भने । उनले सरकारले गरेको राम्रा नराम्रा कामको जस–अपजस कांग्रेसले पनि लिनुपर्ने बताएका छन् । ‘यो सरकार हाम्रो नेतृत्वको हो । हाम्रो प्रधानमन्त्री नभए पनि सरकारले गरेका राम्रा–नराम्रो कामको जस–अपजस हामीले पनि लिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७