कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने


२९ श्रावण २०८०, सोमबार
koshi pradesh

विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ । गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को उपनियमबमोजिम बैठक बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७