मुख्यमन्त्री लालबाबुले भने, ‘गलत कुरा बोलेकै छैन, किन अभिव्यक्ति सच्याउने ?’


१ जेष्ठ २०७५, मंगलवार
lalbabu rut

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रमको अभिव्यक्तिका कारण विवादमा तानिएका प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो अभिव्यक्ति नसच्याउने अडान लिएका छन् ।

lalbabu rut
फाइल फोटो

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिबारे विभिन्न किसिमका टिका टिप्पणी भइरहेका बेला मुख्यमन्त्री राउतले आफूले बोलेको कुरा नसच्याउने अडान कसेका हुन् । मुख्यमन्त्री राउतले आफूले अभिनन्दन कार्यक्रममा लाखौं मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिमलगायतका शोषित पीडित जनताको भावना राखेको दाबी गरेका छन् ।

उनले बन्दूकको बलमा जारी गरिएको संविधान विभेदकारी रहेको र त्यसलाई संशोधनका लागि आफूहरुको संघर्ष जारी रहेको समेत बताएका छन् । राउतको अभिव्यक्तिबारे संघीय संसदमा समेत कांग्रेस, एमाले र माओवादीका नेताहरुले असन्तुष्टि जनाउँदै त्यसलाई सच्याउनुपर्ने माग समेत गरेका छन् ।

राउतले आफूले मधेसको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सो अभिनन्दन कार्यक्रम यस्तो कुरा उठाएका बताए । ‘मेरो अभिव्यक्तिले अभिनन्दन कार्यक्रममा उपस्थित लाखौं मधेसी जनताको भावनाको कदर भएको छ,’ उनले भने, ‘मैले कुनै गलत कुरा बोकेको छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७