रुसकाे पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु, ६६ जना घाइते


३० श्रावण २०८०, मंगलवार

काठमाडौं । रुसको दक्षिणी क्षेत्र डागेस्तानमा सोमबार राति एक पेट्रोल स्टेसनमा ठूलो विस्फोटन हुँदा २७ जनाको मृत्यु भएको छ भने उक्त घटनामा ६६ जना घाइते भएका छन् ।

डागेस्तानको राजधानी माखाचक्लास्थित पेट्रोल स्टेसनमा विस्फोटन हुँदा रातको समयमा ठूलो आगो दन्किएको थियो । विस्फोटनको आवाज टाढासम्म सुनिएको थियो भने टाढैबाट आगो लागेको देख्न सकिन्थ्यो ।

रुसी इन्टरफ्याक्स न्युज एजेन्सीका अनुसार मृतकमध्ये तीन जना बालबालिका पनि छन् । उक्त आगो निभाउन २६० जना अग्निनियन्त्रक र दर्जनौँ दमकल खटेका थिए । पेट्रोल स्टेसनमा कसरी आगो लाग्यो भनेर हालसम्म कारण खुल्न सकेको छैन । रुस र युक्रेनबीच एक वर्षयता युद्ध जारी छ । रुसले यक्रुेनी भूमिमै पुगेर आक्रमण गरिरहेको छ ।

यस्तोमा युक्रेनले आक्रमण गरेको आशंका पनि गरिएको छ । तर, स्थानीय संचारमाध्यमका अनुसार ग्यारेजमा बनाउन राखिएको कारबाट आगो बल्न सुरु हुँदै त्यो पेट्रोल स्टेसनसम्म पुगेको हुनसक्छ । अनुसन्धानपछि मात्र यस विस्फोटन र आगलागीको कारण खुल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७