प्रचण्ड–माधवप्रति ओलीको व्यङग्य : साइनबोर्ड बामपन्थी, चरित्र दक्षिणपन्थी ‘झोले’


३० श्रावण २०८०, मंगलवार
35 Shares
kp oli 5
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई लक्षित गरेर दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गरेका छन् ।

बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै उनले नेता नेपालले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्नको लागि दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको बताए ।

उनले भने, ‘हामीलाई पनि झोले भन्छन् । तर, खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन् । त्यसलाई भन्छन् झोले । नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरुको झोला बोकेका छन् दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरु हुन् । शब्द नराम्रो लागे पनि मिलाएर बुझ्नुहोला ।’

उनले प्रचण्डप्रति कटाक्ष गर्दै बिग्रिएकै भए पनि एक पटक खाउ भन्दा दक्षिणपन्थीको आदेश आएपछि छाडिदिएको आरोप लगाए । एमालेसहितको सहकार्यमा सरकार बनाएका प्रचण्डले पछि गठबन्धन फेर्दै कांग्रेससँग मिलेकोप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले सो कुरा बताएका हुन् । ‘बिना ज्याला खाइ न पाइ, अस्तिन मैले एक जनालाई त भनेँ, जे सुकै भए पनि बिग्रिएकै भए पनि खाउ भनेको दक्षिणपन्थी आदेश आएपछि छाडिदिए,’ ओलीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७