सुन तस्करी प्रकरणमा महरा बाबु–छोरालाई सीआईबीले छानविन थाल्दैछ : प्रधानमन्त्री


३० श्रावण २०८०, मंगलवार
prachanda1692096814

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुललाई आज–भोलि नै लाई प्रतिवादी बनाउने तयारी भइरहेको बताएका छन् ।

आज (मंगलबार) बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा जानकारी गराएका हुन् । ‘मैले सीआईबीका प्रमुख र आईजीपीलाई बोलाएर महराको नाम समावेश गर्नु गल्ती कि प्रतिवादी नबनाएर गल्ती गरेको हो ? सोधेँ, जवाफमा उनीहरूले नाम समावेश हुनु गल्ती हो भने’, प्रचण्डको प्रष्टीकरण थियो ।

आफूले महरालाई गिरफ्तार गरेर हुन्छ कि बयान लिएर हुन्छ प्रतिवादी बनाएर छानबिन गर्न निर्देशन दिएको प्रधानमन्त्रीले बताएका छन् उनले सुन तस्करी प्रकरणमा लगातार सदन अवरोध गरेर सरकारलाई काम गर्न अप्ठ्यारो बनाएको गुनासो समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७