एअर इण्डियाको विमानमा समस्या, काठमाडौं विमानस्थलको धावन मार्ग बन्द


३० श्रावण २०८०, मंगलवार
903 Shares
Air india
फाइल तस्बिर

काठमाडौं : काठमाडौंबाट नयाँ दिल्लीतर्फ उड्न ठिक्क परेको एअर इण्डियाको विमानमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग बन्द भएको छ ।

अपरान्ह ४ बजे एअर इण्डियाको उडान नम्बर एआई २१६ विमान रन वे नजिकै गुडिरहेको अवस्थामा पाङ्ग्रामा समस्या उत्पन्न भएको बताइएको छ ।

एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । करिब ४५ मिनेटदेखि जहाजहरु आकाशमै होल्ड भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७