चार जिल्लाका सीडीओ फेरिए, चितवनमा थापा, धनुषामा पाण्डे


३० श्रावण २०८०, मंगलवार
105 Shares
griha mantralaya

काठमाडौँ । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ । त्यस्तै चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ ।

धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७