खुल्यो जग्गाको कित्ताकाट


३० श्रावण २०८०, मंगलवार
Kitta Kaat Jagga

काठमाडौँ । सरकारले पूर्णरुपमा जग्गाको कित्ताकाट खुलाएको छ । गत वैशाखमा मन्त्रिपरिषदले भू–उपयोग नियमावली संशोधन गर्ने निर्णय गर ेपनि कार्यान्वयन हुन सकेको थिएन ।

भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने मंगलबार निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । ‘जग्गा कित्ताकाट पूर्ण रुपमा खुलाउने गरी भू उपयोग नियमावली स्वीकृत भएको छ,’ उनले सुनाए ।

अहिले भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ । स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ । सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७