देशभर हल्का पानी पर्ने, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


३१ श्रावण २०८०, बुधबार
rain 1

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज (बुधबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७