डिजेल एकै पटक १४ रुपैयाँले बढ्यो, पेट्रोल पनि महँगियो


३१ श्रावण २०८०, बुधबार
petrol

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल / मट्टीतेलमा १४ रुपैयाँ बढाएको हो ।

मूल्य समायोजनपछि अब काठमाडौ, पोखरा र दिपायलमा पेट्रोललाई प्रतिलिटर १७८ रुपैयाँ र डिजेल / मट्टीतेललाई १६७ रुपैयाँ पर्ने छ । सुर्खेत र दाङमा पेट्रोललाई प्रतिलिटर १७७ रुपैयाँ र डिजेल / मट्टीतेललाई १६६ रुपैयाँ पर्ने छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई प्रतिलिटर १७५ रुपैयाँ र डिजेल / मट्टीतेललाई १६४ रुपैयाँ पर्ने छ । नयाँ मूल्य मंगलबार राति १ बजेदेखि लागु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७