पाँच लाख घुससहित लेखापाल र कम्प्युटर अपरेटर अख्तियारको फन्दामा


३१ श्रावण २०८०, बुधबार
Akhtiyar

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

बुधबार बिहान लेखापाल टेकनारायण यादव तीन लाख रुपैयाँको चेक र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई २ लाख रुपैयाँ नगद घुसको रकम लिँदै गर्दा राजविराजबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

लेखापाल टेकनारायण विष्णुपुर गाउँपालिकासँगै सप्तरी जिल्ला अदालतका लेखापाल समेत हुन् । आयोगको इटहरीस्थित कार्यालयका प्रवक्ता निरज देवले लेखापाल र अपरेटर पक्राउ गरिएको जानकारी भएपनि थप विवरण आउन नसकेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७