आस्थाको मन्दिरमा मोदीको तिर्थाटन


२ जेष्ठ २०७५, बुधबार
rasik kirat
लेखक ।

-रसिक किरात

हाम्रो पवित्र स्थलमा
आस्थाको देवस्थलमा
आफ्नो आस्था मिसाउँदै
निधार तिमीले निहुर्‍याउँदा
भावुक आनायासै बनेछु ।

rasik kirat
लेखक ।

हाम्रो हृदयमा अवस्थित
श्रद्घाको मन्दिर अघि पुगी
केही बेर तिमी टोलाउँदा
प्रार्थना दोहोर्‍याउँदा
कता कता मेरो मन
त्यसै पग्लन पुगेछ
आत्मीयताको उचाइ
अरू अग्लन पुगेछ ।

हुनसक्छ, तिमीले यो
तिर्थको तिर्थाटन मार्फत
केही हदसम्म भत्किएको
भावना टाल्न सफल रह्यौ
चिसिएर जमेको त्यो
पल गाल्न सफल भयौ
फाटेको मनलाई फेरि
मरिहत्ते गरेर एकदिन
सिउनुमै मुक्ति देखी
मुक्तिनाथ धाउनु थियो भने
रोग लाग्नु अघि नै रोकथामको बाटो
खोजेनौ किन कहिल्यै तिमीले !
रोजेनौ किन पहिल्यै तिमीले !!

Narendra Modi पुजा गर्दे माेदी 4 1
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान मुस्ताङस्थित मुक्तिनाथमा पूजाअर्चना गर्दै ।

तिमीले पूजापाठ गर्दै गर्दा
भन्दै हुनुहुन्थ्यो भगवानले
जुन तिमीले सुन्यौ कि सुनेनौ ?
मनमा तिमीले गुन्यौ कि गुनेनौ ? ?
‘भक्तिको दौरानमा कोही भक्त
आफ्नो अहङ्कारी अभिमानले
सार्वभौम साँधमा ढलेको
मेरै स्वाभिमानको शिरमाथि
टेकी–टेकी आउँछ भने
अझ त्यही माथि बसी
स्तुतिगान गाउँछ भने
त्यस्तो भक्तलाई तिमी नै भन
मेरो पाउ धाएको भनेर
मेरो भजन गाएको भनेर
म कसरी मुक्ति दिऊँ !!
म कसरी उन्मुक्ति दिऊँ !!!

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७