भारतले सूर्यको अध्ययन गर्न ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने


२०८० श्रावण ३२ बिहीबार ०७:४६ बजे

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल १ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ ।

सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ । उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा यसको प्रभावको अध्ययन गर्न सातवटा उपकरण बोक्नेछ । पृथ्वीबाट करिब १५ लाख किलोमिटरको दूरीमा रहेको सूर्य र पृथ्वीको ‘लाग्रान्ज प्वाइन्ट–१ (एल १)’ को चारैतिर ‘हलो कक्ष’ मा पुग्न अन्तरिक्ष यानले पृथ्वीको करिब १०९ दिन लाग्नेछ ।

यसअघि नै अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुगिसकेको छ । चन्द्रयानलाई अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गराउने भारतीय वैज्ञानिकहरूको तयारी छ ।

भारतले चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्यसहित प्रक्षेपण गरेको थियो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुक पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीन मात्रै पुगेका छन् । चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७