सन्दीप लामिछानेको मुद्दामा आजदेखि नियमित सुनुवाइ, फैसलाको सम्भावना


२०८० श्रावण ३२ बिहीबार ०७:३७ बजे

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको आज (बिहीबार) देखि नियमित सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा उनको मुद्दाको आज अन्तिम सुनुवाई हुँदैछ ।

आजै अदालतले फैसला आउन सक्ने सम्भावना छ । लामिछानेले एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । यही ३० अगस्टमा सुरु हुने एसिया कप क्रिकेटका लागि घोषित टिममा पनि लामिछाने रहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७