डुंगा दुर्घटनामा ६३ जना भन्दा बढीको मृत्यु भएको आशंका


२०८० श्रावण ३२ बिहीबार ०७:५९ बजे

प्रिया (केपभर्डे) । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुंगा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुंगा केप भर्डेको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको माछा समाउन समुद्रमा तल्लीन स्पेनी माझीले देखेका थिए । तट रक्षकले जीवित र मृतकको कुल सङ्ख्या ४८ रहेको बताएका छन् भने स्थानीय शवगृहले सातवटा शव प्राप्त गरेको जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले गिनी–बिसाउका एक नागरिकसहित ३८ जनालाई डुंगाबाट उद्धार गरिएको बताएको छ ।

सेनेगलबाट केप भर्डेतर्फ आइरहेको आप्रवासी चढेको डुंगा पल्टिँदा त्यसमा सवार ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको आईओएमले आज एक विज्ञप्ति निकालेर बताएको छ । दुर्घटनामा ज्यान गुमाएका आप्रवासी स्पेन हुँदै युरोपका विभिन्न देशमा शरण लिन घरबाट निस्केका थिए । रासस / एएनआई

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७