शनिबार काठमाडौंका ५० बढी स्थानमा विजुली अवरुद्ध हुने (सूचनासहित)


१ भाद्र २०८०, शुक्रबार
161 Shares
bijuli
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा भोलि (शनिबार) विद्युत् सेवा अवरुद्ध हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने गरी काम भइरहेकाले काठमाडौंका विभिन्न ५० बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेदि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

साथै सम्बन्धित टेकु, बालाजु, केटू र केथ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ । निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने छ ।
यी हुन् विद्युत अवरुद्ध हुने स्थान

Nepal Bidhut1692320023

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७