बँदेलको आक्रमणबाट महिलाको गयो ज्यान

अछाम । अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । हिजो बेलुका बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो ।
मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको स्थानीय धनबहादुर बुढाले जानकारी दिए । दिलाको अस्पताल लैजाने क्रममा ज्यान गएको हो ।