६० किलो सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ


१ भाद्र २०८०, शुक्रबार
Gold hongkong taskari

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणमा काठमाडौंबाट बिहीबार राति दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

प्रहरीले अहिलेसम्म उनीहरुको नाम भने खुलाएको छैन । यसअघि (अघिल्लो बिहीबार) यसै प्रकरणमा प्रहरीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । गत साउन २ मा ब्रेक सुमा राखेर हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन विमानस्थलबाट बाहिरिएपछि राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

सुन बरामद भएदेखि विभागले १७ दिन यसको अनुसन्धान गरेको थियो । राजस्वले १८ जनालाई हिरासतमा राखेर बयान लिएको थियो । तर, संगठित अपराध, त्रिदेशीय कनेक्सन लगायतका कारण थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको छ । उक्त सुन व्यापारी राकेश अडुकियाले नै भित्र्याएको प्रारम्भिक निष्कर्षसहितको प्रतिवेदन राजस्वले सीआईबीलाई बुझाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७