तरकारी बिक्रीका लागि बजारतर्फ लैजाँदै

दोलखाको भीमेश्वर नगरपालिका–८ बोचका किसान रेशमराज खड्का आफ्नो बारीमा फलेको तरकारी बेच्नका लागि बजारतर्फ लैजाँदै । तरकारी बेचेरै उनले जीविकोपार्जन गर्दै आएका छन् । खड्का मात्र होइन यहाँका धेरै किसानले तरकारीको व्यवसायिक खेतीबाट आर्थिक अवस्था उकासेका छन् । तस्वीर : गोकर्णप्रसाद भण्डारी / रासस